सिन्धु विकास बैंकको वार्षिक साधारण सभा साउन ६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिन्धु विकास बैंकको वार्षिक साधारण सभा साउन ६ गते



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा साउन ६ गते गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण लगाएत अन्य विविध प्रस्ताव पारितका लागि भिराबल रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान १० बजे सभा बोलाएको हो ।

सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम सभाका लागि तय गरेको छ । साथै सञ्चालकहरूको बैठक भत्ता लगाएतका सुविधामा बृद्धि गर्ने र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा २६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि खाली बनाएको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ सम्म भने कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको थियो । आर्थिक वर्ष ०७५/७६ मा भने कम्पनीले ११ दलशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १९ असार २०७९, आईतवार ११:०२