सुनको मुल्यमा सामान्य बृद्धि, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य बृद्धि, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । आईतबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । गत साता सुनको मूल्य प्रतितोला ९७ हजार २०० सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्य भने गिरावट आएको छ । गत साता चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १९ असार २०७९, आईतवार ११:१७