बीमाको पहुँच ३६.९३ प्रतिशतमा पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बीमाको पहुँच ३६.९३ प्रतिशतमा पुग्यो



काठमाडौं । बीमाको पहुँच ३६.९३ प्रतिशत पुगेको छ। ११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६.९३ प्रतिशत पुगेको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा २४ दशमलव ८१ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

संख्याको आधारमा पछिल्लो ११ महिनामा ३ करोड २ लाख नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा २ करोड २९ लाख नेपाली बीमाको दायरामा थिए ।

बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो ।

तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांकले पुष्टि गरेको छ ।चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान रहेको छ ।

सम्भावित दोहोरोपन हटाएर त्यस बराबरको जनसंख्यामा बीमाको पहुँच पुगेको समितिको भनाइ छ । एउटै व्यक्तिले पनि २ वा त्यसभन्दा बढी पटक बीमा गरेका पनि हुन्छन् । एक बर्षमा बीमाको पहुँच १० प्रतिशतले वृद्धि हुनु राम्रौ रहेको बीमा अधिकारीहरु बताँउछन् ।

त्यस्तै, कुल बीमाशुल्क संकलन ११ महिनाको अवधिमा १९ प्रतिशतले बढेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्याको आधारमा ३६.९३ प्रतिशतभन्दा बढी नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ ।

प्रकाशित : १९ असार २०७९, आईतवार १७:२४