पेट्रोलियम पदार्थको खपत कम गर्न आयल निगमको १० प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

पेट्रोलियम पदार्थको खपत कम गर्न आयल निगमको १० प्रस्ताव



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्दै अर्थतन्त्रमा परेको समस्या कम गर्न १० प्रस्ताव पेश गरेको छ। जसमा निगमले तेल वितरणमा कोटा लगाउने प्रस्ताव गरेको हो।

निगमले एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी प्रस्ताव पठाएको छ ।

निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने पनि प्रस्ताव गरेको छ।

सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने र देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने प्रस्ताव गरेको छ।

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने र विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिकरनिजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ्ग स्थल तोकिदिने प्रस्ताव गरेको छ।

के-के हुन् १० प्रस्ताव

प्रकाशित : २१ असार २०७९, मंगलवार १२:४८