नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने दरखास्त ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने दरखास्त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो ।

बैंकले सुरक्षा समूहतर्फ पिपामा केन्द्रीय कार्यालयका लागि ३ जना, बिराटनगर कार्यालयका लागि २ जना, जनकपुर कार्यालयका लागि १ जना, वीरगञ्ज कार्यालयका लागि २ जना, पोखरा कार्यालयका लागि २ जना, सिद्धार्थ नगर कार्यालयका लागि २ जना, नेपालगञ्ज कार्यालयका लागि २ जना र सुर्खेत कार्यालयका लागि २ जना मागेको छ ।

त्यस्तै, सवारी चालक (हलुका सवारी चालक) का लागि केन्द्रीय कार्यालयमा १२ जना, जनकपुर कार्यालयमा १ जना र पोखरा कार्यालयमा १ जना कर्मचारी मागेको हो । बस चालकमा केन्द्रिय कार्यालयका लागि २ जना र जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, धनगढीका लागि १/ १ जना कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ४ गते भित्र बैंकको बेभसाइटमा अनलाईन आवेदन दिन सकिनेछ ।

प्रकाशित : २२ असार २०७९, बुधबार १६:५०