होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ?



यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईले कहिल्यै पनि फ्रिजमा अण्डा राख्नु हुने छैन । फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् ।

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापमा राख्दा कण्डेनसेसन हुने आशंका बढ्छ । कण्डेनसेसनबाट अण्डाको बोक्रामा विद्यमान ब्याक्टेरियाको गति बढ्न सक्छ र उनीहरु अण्डाभित्र पस्न सक्ने सम्भावना पनि बढ्छ । यस्ता अण्डा सेवन गर्नु खतरनाक हुनसक्छ ।

कोठाको तापक्रममा राखिएको अण्डाहरु धेरै दिन टिक्छन् । जबकि फ्रिजमा राखिएको अण्डा उमाल्दा छिटै टुट्ने सम्भावना हुन्छ । यसैगरी केक बनाउनका लागि पनि फ्रिजमा राखिएको अण्डा सही हुँदैनन् । यसरी राखिएको अण्डालाई सही किसिमले फेट्न सकिन्न ।

अण्डाको बाहिरी भागमा फोहोर रहन्छ, यसले फ्रिजका अन्य चीजहरुलाई पनि संक्रमित पार्न सक्छ । यसरी अण्डा फ्रिजमा राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ । फ्रिजको चीसोले अण्डाका केही पोषक तत्वहरु पनि नष्ट हुन्छन् । त्यसैले कोठाको तापक्रममा राखिएका अण्डाहरु फ्रिजमा राखिएको अण्डाभन्दा धेरै बढी स्वस्थ्यकर हुन्छन् ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार ०६:०२