यस कारण रोकियो नेशनल हाइड्रोको साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण रोकियो नेशनल हाइड्रोको साधारणसभा



काठमाडौं २६ मंसिर । नेशनल हाइड्रोपावर कम्पनीले अाइतबार बोलाएको साधारणसभा स्थगित गरेको छ ।  साधारणसभा कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधान भए पनि जम्मा १० प्रतिशतमात्र सेयरहोल्डर उपस्थित रहेका कारण साधारणसभाको कामकारबाही अगाडी बढ्न नसकेको हो ।

अब एक सातापछि कम्पनीले फेरि अर्को साधारण सभा बोलाउन सक्नेछ । त्यतिबेला भने कुल सेयरहोल्डर संख्याको २५ प्रतिशतमात्र उपस्थित भए पनि साधारण सभा आयोजना गर्न सकिनेछ । लथालिङ अवस्थामा रहेको कम्पनीलाई आमूल सुधार गरी अघि बढ्ने योजना अनुसार चार आर्थिक वर्षको साधारण सभा एकसाथ बोलाइएको थियो ।

साधारण सभा सम्पन्न गरी कम्पनीलाई नयाँ गति दिने योजना व्यवस्थापनले अघिसारेको थियो ।  साधारण सभामा आर्थिक वर्ष २०६९।०७० देखि २०७१–७२ सम्मको वार्षिक प्रतिवेदनमा पनि छलफल गरी पारित गर्ने एजेन्डा तय गरिएको थियो ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार ०९:३७