अस्थायी आवास बनाउदा कुरामा ध्यान दिनुपर्ने कुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अस्थायी आवास बनाउदा कुरामा ध्यान दिनुपर्ने कुरा



वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारणले काठमाडौं उपत्यका लगायत यस आसपासका १४ जिल्लाहरुमा ठूलो मात्रामा धन जनको क्षति हुन पुगेको छ । यसै महा विपत्तिको असरले करिब ७ लाख घरहरुमा बस्नै नहुने गरी पूर्णरुपमा क्षति पुगेका छन् । जल तथा मौसम विभागको जानकारी अनुसार मनसुन अवधि सुरु भैसकेको छ । भएको घर नासिएको र पानी पर्ने समय नजिकंदै जाँदा, यसबाट सुरक्षित रहन तत्काल बासको व्यवस्था गर्नुपर्ने हुन्छ । अतः कुनै पनि स्थायी वा अस्थायी वासस्थानका लागि विभिन्न पक्षहरुलाई ध्यान दिनुपर्ने हुन्छन् ।

क) अस्थायी बसोबासका लागि स्थान छनौटमा ध्यान दिनुपर्ने कुराहरु
१ ) चर्किएका, पहिरो गएका, भासिएका क्षेत्र भन्दा टाढाको स्थान छनौट गर्ने ।
२) वर्षाको समय सुरु हुन लागेकाले बाढी आउन सक्ने, पानी जम्न सक्ने स्थान बाट टाढा रहने र बनाउनै परे, सो बाट सुरक्षित हुने उपाय अबलम्बन गर्ने ।
३) पराकम्पन गइराखेका छन्, त्यसैले क्षती पुगेका घरहरुलाई पुर्ण रुपले भत्काई वा भग्नावशेश तथा पुर्ण रुपले नढलेका संरचनाबाट टाढाको स्थान छनौट गरी बसोबासको व्यवस्था गर्ने ।
४) भुकम्पपछि धेरै पानीका मुहान सुकेका छन्, साथै बाटो, विजुलि, टेलिफोन जस्ता संरचनामा पनि क्षती पुगेकाले त्यस प्रति सजक रही उपयुक्त स्थान छनौट गर्ने ।
५) क्षती पुगेको क्षेत्रहरुमा त्रास तथा मनोवैज्ञानिक असर कायम रहेकाले, सम्भव भएसम्म एकिकृत रुपले वस्ने गरी स्थान छनौट गर्ने ।

ख) टहरो/अस्थाई बसोबास निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

१) कति समय सम्मका लागी बसोबास चाहिने हो र परिवारको संख्या तथा अन्य सुविधालाई ध्यान दिइ, संरचनाको आकार तथा प्रकार तोकी सोही अनुसारको अस्थाई बसोबासको निर्माण गरिनु पर्छ ।
२) सकेसम्म भत्किएका संरचनाहरुकै निर्माण सामाग्री तथा स्थानिय साधन स्रोतको प्रयोग गर्दा खर्च तथा समयमा वचत हुन्छ र संरचना तयार गरिदा प्रविधिकहरुको राय सल्लाह लिनु उपयुक्त हुन्छ ।
३) संरचना वरपर वर्षा तथा पराकम्पनका कारणले हुन सक्ने क्षतीलाई न्युनिकरण गर्न सहायक संरचना जस्तै बार, खोल्चा, माटो/बालुवा भरिएको बोराहरु राख्नु उत्तम हुन्छ ।
४) भुकम्प, उच्च तापक्रम र वर्षाका कारणले सर्प, किरा फट्याङ्राको बिग बिगी बढेकाले त्यसबाट बच्न उच्च सतर्कता अपनाई, बस्ने जमिनबाट थारै भएपनि माथि उठाउने र टहरोको वरिपरि गहिरो गरी खोल्चा बनाउने । जंगली जनावरको भय हुने स्थानमा सोही अनुसार सुरक्षाको उपाय अबलम्बन गर्ने ।
५) अस्थाई संरचना, स्थाई घर तयार नहुन्जेलका लागी उपयोग गर्नुपर्ने भएकाले पछि स्थाई संरचना बनाउदा कम अवरोध हुने किसिमले बनाउनु पर्छ ।
६) अस्थाई संरचनाका सामाग्रीहरुको प्रयोग गर्दा पुन प्रयोग गर्न मिल्ने गरी बनाउनु पर्छ ।
७) ज्यामी तथा मिस्त्रीको अभाव हटाउन पालैपालो एक अर्काको सहयोग लिने दिने ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०७:०५