कर्णाली प्रदेशमा सहकारीको पुँजी ३३.८७ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कर्णाली प्रदेशमा सहकारीको पुँजी ३३.८७ प्रतिशतले बृद्धि



काठमाडौं । कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ३३.८७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको कर्णाली प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।


अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो पुँजी १०४.९७ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तमा २१.५४ प्रतिशतले बढेको कुल बचत चालु आर्थिक वर्षको सोही अवधिमा १३.९ प्रतिशतले बढेको देखिन्छ ।

यस प्रदेशमा कुल ऋण प्रवाह करिव २७ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको सोही अवधिमा करिव १६ प्रतिशतले बढेको थियो । सहकारी संस्थामा आबद्ध सदस्य संख्यामा पनि समीक्षा अवधिमा वृद्धि भएको देखिन्छ ।


गत अवधिमा ७.०९ प्रतिशतले बढेको सदस्य संख्या यस अवधिमा ४.६५ प्रतिशतले वृद्धि भएको छ । यतिबेला सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ११.११ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्णाली प्रदेशमा रहेका सहकारी संस्थाको संख्यामा भने कुनैपनि परिवर्तन आएको छैन ।


यस अध्ययनबाट यस प्रदेशका सहकारी संस्थाहरुले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह गरेको प्रष्ट हुन्छ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १३:५६