नेपालको पासपोर्ट विश्वकै कम्जोर सूचिमा, कुन देशको पासपोर्ट कति बलियो ? (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपालको पासपोर्ट विश्वकै कम्जोर सूचिमा, कुन देशको पासपोर्ट कति बलियो ? (सूचीसहित)



काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) संसारको सबैभन्दा कमजोरमध्ये एकमा परेको छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर देखाएको छ ।

हेन्लीको सूचीमा अन्तिम स्थान अर्थात् ११२ औं स्थानमा रहेको अफगानिस्तानको पासपोर्ट भने विश्वकै सबैभन्दा कमजोर सावित भएको छ । नेपाली पासपोर्टबाट विश्वका ३८ वटा देशहरुमा मात्र भिसाबिनै वा अन अराइभल भिसाका आधारमा प्रवेश गर्न सकिने हेन्लीको सूचीमा उल्लेख छ ।

सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ । जसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ । यस्तै, दोस्रो स्थानमा रहेको सिंगापुर र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको पासपोर्टबाट समान १९२ देशहरुमा भिसा नलगाई नै भ्रमण गर्न मिल्छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार १६:४१