दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ८ लाख १० हजार ३१०.२० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै एचआईडिसीएलको पनि १ करोड ४९ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १६:५३