नेपाल एसबिआई बैंकले एफपिओ निष्काशन गर्ने,धितोपत्र बोर्डले दियो स्वीकृती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबिआई बैंकले एफपिओ निष्काशन गर्ने,धितोपत्र बोर्डले दियो स्वीकृती



काठमाडौं, २७ मंसिर । नेपाल एसबिआई बैंकले एफपिओ निष्काशन गर्ने पक्कापक्की भएको छ । बैंकलाई प्रिमियममा एफपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेको छ ।

बैंकलाई १०० रुपैयाँ अंकित मूल्यमा ८७१ रुपैयाँ प्रिमियम थप गरी ९७१ रुपैयाँ प्रतिकित्तामा एफपिओ जारी गर्न बोर्डले स्वीकृती दिएको हो । सुरुमा प्रतिकित्ता ९८४ रुपैंयामा एफपीओ निष्काशनको प्रस्ताव गरेको बैंकले बोर्डले एफपीओको मूल्यमा परिमार्जन गर्न निर्देशनपछि प्रतिकित्ता ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो ।

बैंकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता शेयरको नयाँ निष्काशन गर्न लागेको हो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँपूँजी थपिनेछ, भने प्रिमियम रकम जगेडा कोषमा रहनेछ ।

प्रकाशित : २७ मंसिर २०७३, सोमबार १२:१६