लालबन्दीमा महालक्ष्मीको १२ औं शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लालबन्दीमा महालक्ष्मीको १२ औं शाखा



काठमाडौं । महालक्ष्मी फाइनान्सले सर्लाहीको लालबन्दीमा आफ्नो १२ औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन गर्दै फाईनान्सका अध्यक्ष बाबुलाल अग्रवालले फाइनान्सले कृषि तथा विपन्न वर्ग क्षेत्रमा कर्जा विस्तार गर्ने योजना बनाएको जनाए । चुक्ता पूँजी ४२ करोडको रुपैयाँ भएको फाइनान्सले २० वर्षदेखि करिब ३० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

४ अर्ब ८ करोडभन्दा बढी निक्षेप संकलन तथा ३ अर्ब ५४ करोडभन्दा बढी कर्जा प्रावाह गर्न सफल फाइनान्सले पछिल्लो आर्थिक वर्षमा १४ करोडभन्दा बढी सञ्चालन नाफा गरेको थियो ।

फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा फाइनान्सले ८ करोड ८२ लाख सञ्चालन नाफा गरेको छ । कम्पनीले यसका साथै ग्राहकको सुविधालाई ध्यानमा राख्दै रेमिट्यान्स सेवाका अतिरिक्त एबीबीएस, एसएमएस, एटीएम तथा सेफ डिपोजिट भल्ट जस्ता आधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०६:१६