प्रधानमन्त्री राहतकोषमा कस्ले कति दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

प्रधानमन्त्री राहतकोषमा कस्ले कति दिए



काठमाडौ । विनासकारी भूकम्पपछि प्रधानमन्त्री दैवी उद्धार कोषमा ७० करोड ७१ लाख ४९ हजार ८ सय ६६ रुपैयाँ जम्मा भएको छ । पीडितहरुको उद्धार, राहत र पुर्नस्थापनाकालागि सरकारले उक्त कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आह्वान गरेको थियो ।

अहिलेसम्म सबैभन्दा धेरै सहयोग साउदी अरबका राजकुमारले गरेका छन् । उनले कोषलाई १३ करोड १३ लाख ४९ हजार ५ सय रुपैयाँ दिएका छन् । त्यस्तै, हङकङस्थित लि।का। फाउण्डेशनले दश करोड ७० लाख सहयोग गरेको छ । कोषका अनुसार भुटान सरकारले दश करोड ११ लाख ४९ हजार ९ सय ९९, गोर्खा ब्रुअरी र प्रहरी प्रधान कार्यालयले दश, दश करोड सहयोग गरेका छन् । कर्मचारी सञ्चय कोषले दुई करोड र राष्ट्रिय विमा कम्पनीले एक करोड रुपैया कोषमा जम्मा गरेका छन् ।

कोषका अनुसार गृहमन्त्रालय मार्फत कोषले भूकम्प पीडितका नाममा चार अर्ब रुपैया निकासा गरिसकेको छ । कसले कति सहयोग गरे हेर्नोस सूची

प्रकाशित : ३० बैशाख २०७२, बुधबार १०:०९