सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरे ‘मेरो बीमा’को उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरे ‘मेरो बीमा’को उद्घाटन



काठमाडौं । नेपालको इन्स्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित मेरो बीमा प्रिजेन्टस् फ्च्यिुरिस्टिक बैंकिङ एण्ड इन्स्योरेन्स समीट २०२२ कार्यक्रमबीच सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त बीमाको उद्घाटन गरेका हुन् ।

उक्त मेरो बीमाको वेवसाइटबाट हेर्न सकिन्छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र नेपाल राष्ट्र बैंकको तर्फबाट बरिष्ट डिपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै, कार्यक्रमको अध्यक्षता डा. बिष्णुप्रसाद गौतमले गरेका थिए । डा. गौतम नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक, स्वरोजगार कोषको पूर्व कार्यकारी अधिकृत तथा विद्यावारिधि संघका अध्यक्ष हुन् ।

कार्यक्रममा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोष राज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारेमा जानकारी तथा भविष्यमा दिने सुबिधाको बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा ५ ओटा विषय बस्तु ‘बीमा र बैंक’ को डिजिटलाइजेशन बारेमा प्यानलमा छलफल गरिएको थियो ।

डा. अमिताभ राजन अध्यक्ष आरबीआइ इंडिया सेवा समिति, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बालकृष्ण सीवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो ।

त्यस्तै, विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रबिधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न प्यानललिस्टको रुपमा बिज्ञहरुसहित उक्त कार्यक्रममा २०० जनाभन्दा बढीको उपस्थिति थियो ।

त्यस्तै, कार्यक्रमको आईटी पार्टनर कुबेर वर्ल्ड र इभेन्ट म्यानेजमेन्ट इभेन्टलिष्टले गरेको थियो ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार २१:३५