नेप्से ३ अंकले खस्क्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ३ अंकले खस्क्यो



काठमाडौँ । मंगलबार नेप्से परिसूचक ३ दशमलब ०३ अंक अर्थात् ० दशमलब ३२ प्रतिसतले घटेको छ । ‘क’ बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेस्क ० दशमलब ७० अंकले, फ्लोट इन्डेस्क ० दशमलब २६ अंकले  र सेन्सेटिभ फ्लोट ० दशमलब २३ अंकले घटेको छ ।

आज १ सय २६ कम्पनीका १ हजार ४ सय ४१ कारोबारबाट ७ लाख २५ हजार १ सय ७९ कित्ता कारोबार भएको छ भने कारोबार रकम २४ करोड ७३ लाख ९८ हजार ८ सय २ रुपैंया बराबरको कारोबार भएको छ । सोमबार २२ करोड रुपैंयाको कारोबार भएको थियो । नेप्से उपपरिसूचकहरुमा वाणिज्य बैङ्क, व्यापार समुह, विकास बैङ्क, जलविद्युत्, होटल, बीमा घटेको छ भने इन्स्योरेन्स समूह ३ दशमलब ९२ अंकले वृद्धि भएको छ । अन्य समूहमा कुनै परिबर्तन भएन ।

कारोबार रकमको आधारमा लक्ष्मी बैंक लिमिटेडको प्रोमोटरको सबैभन्दा बढी ३ करोड ५० लाख ७७ हजार ३५ रुपैंयाको कारोबार भएको छ । नागबेली लघुवित्त बिकाश बैंकको शेयर मूल्य सबै भन्दा बढी ५ दशमलब ९८ प्रतिसतले बढेको छ भने जानकी फाईनान्स लिमिटेडको शेयर मूल्य ५ दशमलब ६ प्रतिसतले घटेको छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार १३:३३