सेञ्चुरी कमर्सियल बैंककाे शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेञ्चुरी कमर्सियल बैंककाे शेयर कारोबार रोक्का



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंककाे शेयर कारोबार रोक्का भएको छ । साउन १५ गते सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर भएसंगै सोमबार बैंककाे शेयर कारोबार रोक्का भएको हो ।

सेन्चुरी कमर्सियल बैंकले नेप्सलाई पत्र लेख्दै मर्जरका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेकाले उक्त बैंकको सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेको छ ।

#यस अघि प्रकाशित समाचार अन्यथा पर्न गएकोले सच्याइएको छ । पाठकहरुमा परेको असुविधाका लागि क्षमाप्रथी छाैँ। धन्यवाद

स‌म्पादक

प्रकाशित : १६ श्रावण २०७९, सोमबार ११:२७