सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । सोमबार सुनको मुल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार ११:४२