गौतमश्रीका अध्यक्ष भन्छन : जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्छु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गौतमश्रीका अध्यक्ष भन्छन : जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्छु



काठमाडाैँ । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफु काम विशेषले नेपाल बाहिर गएकोको अवस्थामा आफ्नो विषयमा भ्रमपूर्ण समाचार सार्वजनिक भएकोले आफ्नाे गम्भीर ध्यानआकर्षण भएकाे बताएका हुन् ।

सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ उनको विज्ञप्ति

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १५:४०