एन आई सी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग (भ्याकेन्सीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एन आई सी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग (भ्याकेन्सीसहित)



के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईं सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एन आई सी एशिया बैंकले तपाईंको खाेजी गरिरहेको छ ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ । 

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा दिइएको QR Scan गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १३:०९