एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा १४.७२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा १४.७२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशतले बैंकको खुद नाफा घटेको हो।

त आवमा बैंकले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०१ प्रतिशत बढेर ४५ करोड ७४ लाख रुपैंया पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.६० प्रतिशत घटेर ६ करोड १८ लाख पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन नाफा २.९७ प्रतिशतले बढेर १९ करोड १८ लाख रुपैंया पुगेको छ । अघिल्लो आवमा यसको सञ्चालन नाफा १८ करोड ६३ लाख रुपैंया थियो ।


त्यस्तै, गत आवसम्म बैंकको चुक्ता पूँजी ४२ प्रतिशत बढेर १ अर्ब १५ करोड १७ लाख रुपैंया पुगेको छ भने जगेडा कोष १.९३ प्रतिशत बढेर ९५ लाख रुपैंया रहेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.६९ प्रतिशत र कर्जा ११.३० प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ९० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा रहेको छ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १३:१६