सहकारी पहिचान सहितको कोप कार्ड,यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी पहिचान सहितको कोप कार्ड,यस्ता छन् विशेषता



काठमाडौं । नेपाल राष्ट्र बैकबाट भुक्तानी प्रणली सञ्चालनको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० बर्ष देखि बैंक तथा वित्तिय संस्थालाई एटीयम कार्ड सेवा उपलब्ध गरादै आईरहेकोमा अबदेखि सहकारीका लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औं स्थापना दिवसको अबसरमा आयोजित समारोहमा समुद्घाटन गरी शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैकको नीति तथा निर्देशन अनुरुप स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटीयम कार्ड, स्मार्ट क्युआर र मोबाईल बैकिड प्रणाली मार्फत आफ्नो सेवा दिदैं आएको छ । अहिले सम्म बैंक तथा वित्तिय संस्थाहरुलाई मात्र सुविधा पुर्याउदै आईरहेकोमा हाल बढ्दै गईरहेको सहकारीको भुमिका र कारोबार समेतलाई मध्य नजर गर्दै सहकारीहरुले पनि न्युनत्म सहजै एटीयम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकृया मिलाईएको जनाएको छ ।

विगत केहि समय अगाडीदेखि स्मार्टच्वाइस टेक्नोलोजिजले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिईसकेपनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पुर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गर्न लागेको हो ।

यसरी कार्ड अन्र्तराष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित र नेपाल तथा भारतका एटीयम ओपीएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने जनाएको छ । यस कोप कार्ड ग्लोबल आइएमइ बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्ने छन् ।

यस सहकार्य पश्चात सम्पुर्ण सहकारीले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्ने जनाएको छ । सहकारीले आफ्नो सदस्यलाई कोप कार्ड वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकैबेला एटीयम मार्फत रकम निकाल्न सक्नेछन भने ओपीएसको माध्यमबाट कुनैपनि वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

यो सुविधाबाट सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारीक रुपमा बचत परिचालन हुने र वित्तिय सेवा २४ घण्टै उपलब्ध हुने जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईले सहकारीमा प्रविधिको महत्व र उपयोगिताको बारेमा प्रतिवेदन प्रस्तुत गर्दै यस सेवा द्वारा सहकारीलाई विद्युतिय कारोबारका लागि थप प्रविधियुक्त सुविधाहरु दिदै जाने र सहकारीलाई अझ सबल बनाउदै जाने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले आफ्नो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुर्याउन पाएकोमा खुसी व्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोख्ररेलले विद्यृतिय भुक्तानीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै स्मार्टच्वाइस टेक्नोलोजिजले बैंक तथा वित्तीय संस्थासंग सधै सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका छन् । सेवा क्षेत्रमा प्रविधिको आवश्यकता रहदै आएको सन्र्दभमा यस्ता सेवाहरु थपिदै जादा संस्थाहरुको सेवा प्रविधियुुक्त हुने धारणा समेत अध्यक्ष पोख्ररेलले राखे् ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार २१:४१