सहकारी विभागका रजिस्ट्रार भन्छन्- सहकारी आफैं नसचिए कारबाहीमा उत्रन्छाैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी विभागका रजिस्ट्रार भन्छन्- सहकारी आफैं नसचिए कारबाहीमा उत्रन्छाैँ



काठमाडौ ।सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा पछिल्लाे समय देखिएकाे समस्या प्रति सरकारलाई  चिन्तित बनाएकाे बताएका छन् ।  सहकारीमा गलत गर्ने प्रवृत्ति माैलाउन थालेकाेले सुधारमा नआउनेलाई तत्काल कारवाही हुने बताएका छन् ।

बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएको भन्दै उनले सो बताएका हुन् ।

उनले सदस्यकाे बचत उठाएर अन्धाधुन्ध लगानी गर्ने संस्कृति माैलाएकाे बताउदै त्यसलाई राेक्न कटिबद्ध भएर लाग्ने बताए । उनले सहकारीले सदस्यको हितमा काम गर्नुपर्ने र प्रविधिमैत्री हुनुपर्ने बताए ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार २१:२४