नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बृद्धि



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९.८३ प्रतिशतले धेरै हो । अघिल्लाे आवमा यसले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवकाे असारमसान्त सम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड १९ लाख रुपैंया पुगेको छ ।

त्यस्तै, सञ्चालन नाफा १३.९८ प्रतिशतले बढेर ७ अर्ब ९ करोड ६३ लाख रुपैंया रहेको छ । जुन अघिल्लो आवमा ६ अर्ब २२ करोड ६० लाख रहेका थियो । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ ।

गत आवमा आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बृद्धि गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, बैंकको चुक्ता पुँजी ६४.९२ प्रतिशतले बढेर २२ अर्ब ८३ करोड २९ लाख रुपैंया पुगेको छ भने, प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ ।

नबिलको जगेडा कोषमा २६ अर्ब ३७ करोड ९१ लाख रुपैंया रहेको छ जुन अघिल्लो आवको तुलनामा ६८.११ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २६ अर्ब २२ करोड २३ लाख रुपैंयाले पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४५.९८ प्रतिशतले बढेको हो । बैंकको कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार ११:०२