तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय



काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ। शुक्रबार बसेको बैंकर्स संघको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको हो ।

राष्ट्र बेंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएर बैंकहरुलाई ब्याजदर बढाउन प्रोत्साहन गरेपनि बैंकरहरुले भने तत्काल ब्याजदर नबढाउने निर्णय गरेका छन्। फागुनदेखि मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर पुर्याएका बैंकहरुले त्यसपछि सोहि ब्याजदरलाई निरन्तरता दिँदै आएका छन्। भदौको लागि के गर्ने भन्ने विषयमा भने साउन अन्तिममा छलफल गर्ने भएका छन्।

राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ । यस्तै एकीकृत निर्देशिकामा संस्थागत मुद्दति निक्षेपमा ब्याजदर व्यक्तिगत भन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको थियो ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार १२:४८