चन्द्रागिरी हिल्सको कस्तो छ वित्तिय विवरण ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरी हिल्सको कस्तो छ वित्तिय विवरण ?



काठमाडौं । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवसम्म आईपुग्दा २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको अघिल्लो आर्थिक वर्षसम्ममा २४ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको थियो ।


गत आवमा सञ्चालन आम्दानी यसले ६६ करोड ९८ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो आवमा २२ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँल ऋणात्मक छ।

नाफामा गएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ६७ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १७ रुपैयाँ ७८ पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा छ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार ११:३७