एसियन लाइफको लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एसियन लाइफको लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीहरुलाई कुल १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँ बराबर लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। बोनस सेयरको कर प्रयोजनार्थ कम्पनीले ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार १५:०८