चन्द्रागिरि केबलकारको टिकट शूल्कमा ५० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चन्द्रागिरि केबलकारको टिकट शूल्कमा ५० प्रतिशत छुट



काठमाडौं,  २  पुस  । चन्द्रागिरि केबलकारको टिकट शूल्कमा ५० प्रतिशत छुट दिइने भएको छ । केबरकारको उद्घाटनको अवसर पारेर पुस ४ देखि १४ गतेसम्म केबलकारको टिकट शुल्कमा ५० प्रतिशत र खाद्य तथा पेय पदार्थमा १५प्रतिशत छुटको व्यवस्था गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

यो छुट शुक्रबार, शनिबार र आइतबार भने पाइने छैन । चन्द्रागिरि केवलकारको शुक्रबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए ।

प्रकाशित : २ पुष २०७३, शनिबार ०७:०६