सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए ?



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।

निष्कासनमा गरिएको आईपिओ खरीदका लागि १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जसमध्ये ८७३ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ भने, स्थानीयको हैसियतले यस अघिनै शेयर पाएका २३१ जनाको आवेदन पनि अस्वीकृत गरेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यी वाहेक योग्य १४ लाख १२ हजार ४६८ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा सहभागी गराईएको हो । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । शेयर पाउने आवेदकहरूमध्य ६ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार ११:०२