शिवम् सिमेन्टको विशेष साधारण सभा भदौ १० गते, के के छन् ऐजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिवम् सिमेन्टको विशेष साधारण सभा भदौ १० गते, के के छन् ऐजेन्डा ?



काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा भदौ १० गते, शुक्रबार कम्पनीको कर्पोरेट कार्यलय बबरमहलमा बिहान ११ बजे हुने तय भएको हो।

सभामा कम्पनीको स्वीकृत नियमावलीको कुल सेयर संख्याको ६७ प्रतिशत रहेको गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१ प्रतिशत बनाउने, सञ्चालक समिति सदस्यहरुको संख्या घटाउने प्रस्ताव रहेको छ । हाल स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चलक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, भदौ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार १३:०६