हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सच्नेन्ज (नेप्से)मा बुधबार हिमालयन बैंकको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा हिमालयन बैंकको २१.३८ प्रतिशतले हुन आउने २ करोड २८ लाख ४३ हजार २ सय ४८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो। सोहि बोनस शेयर आज सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार १४:०९