साना किसान लघुवित्तको खुद नाफा १७.४५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान लघुवित्तको खुद नाफा १७.४५ प्रतिशतले बढ्यो



काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ७३ लाख रुपैंया पुगेको छ भने, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १६.३९ प्रतिशत बढेर १ अर्ब ९७ लाख रुपैंया रहेको छ।

समीक्षा अवधिमा १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। जुन अघिल्लो बर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा लघुवित्तको सापटी २४.५३ प्रतिशतले बढेर १६ अर्ब ३० करोड ४३ लाख रुपैंया रहेको छ । साथै, कर्जा संकलन २२.७३ प्रतिशतले बढेर २९ अर्ब ३१ करोड १५ लाख रुपैंया पुगेको छ।

त्यसैगरी, खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९१ पैसा घटेर ४५ रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १३:०८