१० वटा पुनर्बीमा ब्रोकर कम्पनीले पाए समितिबाट लाईसेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

१० वटा पुनर्बीमा ब्रोकर कम्पनीले पाए समितिबाट लाईसेन्स



काठमाडौं । बीमा समितिले पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ । समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका अनुसार योग्यता पुगेका १० वटा पुनर्बीमा ब्रोकरलाई कारोबार सञ्चालन गर्न अनुमति दिएको हो ।

पुनर्बीमा ब्रोकरको लाइसेन्स माग गर्दै समितिमा एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । जसमध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रक्रिया पुर्याएर लाइसेन्सका लागि आवेदन दिएका १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसन्स दिएको बताएका छन् ।

लाइसेन्सको माग गर्दै आवदेन दिएका कम्पनीमध्ये समितिले जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि इन्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि इन्स्योरेन्स ब्रोकरलाई लाइसेन्स दिएको हो ।

समितिले जारी गरेको निर्देशिका अनुसार पुनर्बीमा ब्रोकरको अधिकृत पूँजी न्युनतम १० अर्ब रुपैयाँ हुनुपर्नेछ । पूँजी मध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम बीमा समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्धती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोकिए बमोजिम हुने उल्लेख छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १६:४८