नेसनल माइक्रोफाइनान्सको खुद नाफा २७.१२ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेसनल माइक्रोफाइनान्सको खुद नाफा २७.१२ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको तुलनामा नाफा २७.१२ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३१ करोड ५८ लाख रुपैंया खुद नाफा कमाएको थियो । त्यस्तै, गत आर्थिक बर्षमा कम्पनीले ८० करोड ३ लाख रुपैंया खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो बर्षको तुलनाम २७.६३ प्रतिशत बढी हो ।

गत आर्थिक बर्षमा सञ्चालन नाफा २७.५३ प्रतिशतले बढेर ६३ करोड ७३ लाख रुपैंया पुगेको छ । फाइनान्सको जगेडा कोषमा ७४ करोड ९४ लाख रुपैंया पुगेको छ । जुन अघिल्लो बर्षको तुलनामा ११५.२४ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष कम्पनीको जगेडा कोषमा ३४ करोड ८१ लाख रुपैंया थियो ।

गत आर्थिक बर्षमा यसको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ भने, खराब कर्जा २.९४ प्रतिशतबाट घटेर २.४५ प्रतिशतमा झरेको छ ।

त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३४ पैसाले घटेर ६८ रुपैयाँ ४४ पैसा कायम भएको छ। यसको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १४:२०