नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ७६ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ७६ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पाँचौ दिन आज बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से १८.९६ अंकले घटेर दुई हजार ३७ दशमलब ९३ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ४.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरुमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । साथै, दुई कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा आज दुई कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३३३.६० रुपैयाँ पुगेको छ भने, अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १४३.२० रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ८.२३ प्रतिशत घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ७ करोड २७ लाख ९४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १६:००