बिजीमलबम्पर उपहारका विजेतालाई टिभिएस अपाचे मोटरसाइकल तथा जुपिटर स्कुटर, विन्टर सेलिब्रेसन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

बिजीमलबम्पर उपहारका विजेतालाई टिभिएस अपाचे मोटरसाइकल तथा जुपिटर स्कुटर, विन्टर सेलिब्रेसन सुरु



काठमाडौ, २ पुस । नयाँबसपार्क गोंगबुमा रहेको बिजीमलले दशैं तथातिहारलाई लक्षितगर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरुबितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागि तीनजनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा  चार रात पाँचदिनको थाइल्याण्डभ्रमणको प्याकेज बितरण गरेको हो । मलले यसै अवसरमा जाडो यामलाई लक्षितगर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात सुरुवात समेत गरेको छ ।

मलले उपहार योजनाअन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामानखरिद गर्नेलाई उपहार कुपनउपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनहरुमध्येबाट कुपननम्बर ५८३३ का विजेतामंगलतामाङलाई टिभिएसको १८० सिसिको अपाचीआरटिआर मोटरसाइकलप्रदानगरिएको छ । त्यसै गरी कुपननम्बर १२०४० का स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हातपारेका छन् भने कुपननम्बर ४०२५ का सविता सुवेदीले चार रातपाँचदिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।

त्यसै गरी कार्यक्रममाउपहार योजनाका साप्ताहिकउपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतकाउपहार पनि हस्तान्तरण गरिएको छ । गतअसोज पाँचदेखि कात्तिक २८ गतेसम्म सञ्चालनभएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिनउपहार’ योजनामासहभागिभएकाग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाएकाथिए । जसमा दैनिकउपहार योजनाअन्तरगत४०जनाले स्मार्ट फोन, ४० जनाले लञ्चकुपनतथा६० जनाले शपिंगभौचर पाएकाथिए ।

प्रकाशित : २ पुष २०७३, शनिबार १५:४८