विश्व बैंकबाट १२ अर्ब ७० करोड र जापान सरकारबाट २ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्व बैंकबाट १२ अर्ब ७० करोड र जापान सरकारबाट २ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‍का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहुलियतपूर्ण ऋण भएको जानकारी दिए ।

जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १४:२१