आइएमईको ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइएमईको ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक



काठमाडौँ । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन् ।


२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सकिने छन् ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १६:५१