कन्सल्टेन्सीले नेपालमा विप्रेषण रकम १५ लाखसम्म ल्याउन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कन्सल्टेन्सीले नेपालमा विप्रेषण रकम १५ लाखसम्म ल्याउन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कन्सल्टेन्सीहरुले नेपालमा भित्र्याउने विप्रेषणको रकमको सिमा बढाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार गर्न एकीकृत परिपत्र २०७८ मा संशोधन जारी गर्दै यस्ताे रकम दैनिक रुपमा बेनेफिसियरीको खातामा जम्मा गर्ने गरी अब १५ लाख रुपैंयासम्म ल्याउन सकिने जनाएको छ ।


त्यसैगरी विप्रेषण कम्पनीले रकम भुक्तानी गर्दा र संकलन गर्दा प्रचलित कानुन बमोजिमको ग्राहक पहिचानका कागजहरु लिएको हुनुपर्ने छ । साथै, यस्तो कारोबार सम्बन्धि ढाँचामा प्रत्येक महिना समाप्त भएको सात दिन भित्र विदेशी विनिमय व्यवस्था विभागमा पेश गर्नुपर्नेछ ।

राष्ट्र बैकले यस अघि एक पटक वा पटक पटक गरी विप्रेषण रकम १० लाख सम्म मात्र ल्याउन पाउने व्यवस्था गरेको थियो ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार १८:१४