सहकारी, समाज र सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सहकारी, समाज र सहकार्य



एकका लागि सबै र सबैका लागि एक भन्ने मान्यताका साथ समाजमा रहेका ब्यक्तिहरुमध्ये आफ्नो हित मिल्ने ब्यक्तिहरु सहभागि भई राज्यको सहकारी ऐन कानुन बमोजिम स्थापना भई सञ्चालन हुने संस्था नै सहकारी संस्था हो । सहकारीमा आवद्ध ब्यक्तिहरु बिच घनिष्टता र पहिचान हुने गर्दछ तथा संस्था र सदस्य बिच आत्मीयताको भावना हुनुपर्दछ । समाजमा स्थापना भई सञ्चालीत सहकारी संस्था र आवद्ध शेयर सदस्यहरु बिच नङ र मासुको सम्बन्ध हुन्छ र हुनुपर्दछ । सहकारी संस्था सहकारीको सिद्धान्त मुल्य र मान्यतामा आधारीत भई सञ्चालीत हुनुपर्दछ । आफु आवद्ध सहकारी संस्था कसरी सञ्चालीत छ भनी निरिक्षण गर्ने जिम्मेवारी आवद्ध सबै शेयर सदस्यको हुन्छ ।

सहकारी संस्था स्वनियमनमा सञ्चालन हुने हुँदा शेयर सदस्यहरुले स्वनीयमन प्रभावकारी बनाउनु पर्दछ । राज्यको ऐन नियम सहकारी सिद्धान्त मुल्य मान्यतामा सञ्चालीत सहकारी संस्थामा संस्थालाई केही असहज भएमा आवद्ध शेयर सदस्यहरुले सहयोग र संरक्षण गर्नुपर्दछ भने आवद्ध शेयर सदस्यहरुलाई केही समस्या भएमा संस्थाले आफ्ना मालिकहरुलाई ऐन नियम निर्देशनको परिधिभित्र रहि समस्याबाट मुक्ति दिलाउन सक्नु पर्दछ ।

जुन समाजमा सहकारी संस्था स्थापना भएको हुन्छ उक्त समाजमा भएको चाल चलन रिति रिवाज परम्पराको संरक्षण गर्ने दायित्व सहकारी संस्थाको हुन्छ भने समाजमा रही नियमानुसार सञ्चालीत सहकारी संस्थाको संरक्षण र सम्बद्र्धन गर्नु उक्त समाजको दायित्व भित्र पर्दछ । जुन समाजमा संस्था स्थापना भई सञ्चालनमा रहेको हुन्छ उक्त समाज र सहकारी संस्था एक अर्काको संरक्षकको रुपमा अगाडि बढेको हुनुपर्दछ । समाजमा रहनु भएको सम्पूर्ण ब्यक्तीहरुलाई बित्तिय साक्षर बनाउनु तथा बित्तिय आत्मनिर्भर बनाउनु सहकारी संस्थाको दायित्व हुन्छ भने समाजमा रहेका ब्यक्तिहरुले सहकारी संस्थामा नियमानुसार नियमित बचत गर्नु तथा लिएको ऋण बोलकबोल अनुसार तिर्नु आवद्ध शेयर सदस्यको दायित्व हुन्छ । यदि शेयर सदस्यहरुले लिएको ऋण बोलकबोल अनुसार तिर्न आनाकानी गरेको अवस्थामा तिर्नको लागि सुझाउने जिम्मेवारी समाजको हुन्छ ।

 

 

सहकारी संस्थाहरुले रक्तदान, स्वास्थ्य शिविर, दैविक बिपतमा राहात, मृत्युमा राहात तथा भेटघाट, सुत्केरी स्याहार खर्च, जेष्ठ शेयर सदस्य मासिक भत्ता, जेष्ठ शेयर सदस्य लाई टेक्ने लौरो तथा लाईट लगायतका आत्मीयता कायम गर्ने कार्यहरु, जेहन्दार बिद्यार्थि छात्रबृत्ति, सार्वजनिक स्थानमा प्रतिक्षालय तथा शौचालय निर्माण, बित्तिय कानुनी स्वास्थ्य प्राविधिक शिक्षा प्रवाह, बिद्यालय बित्तिय साक्षरता कार्यक्रम, बालबचतकर्ता स्टेसनरी बितरण कार्यक्रम, अशक्तलाई ब्याजदरमा केही छुट, केही शुलभ दरमा शैक्षिक ऋण, ऋण उपयोगिता तालीम, सहकारी शिक्षा, बिस्तारीत मन्च जस्ता सामाजिक कार्यक्रमहरु मार्फत् आफ्नो समाजलाई सहयोग गरीरहेका हुन्छन् यो नै सहकारी संस्थाको अन्य बित्तिय संस्था भन्दा फरक पहिचान हो । जव फरक पहिचान सहित आफ्नो समाजमा सहकारी संस्थाहरु सञ्चालीत हुन्छ त्यस्तो संस्थाहरु आफ्नो समाजमा बिश्वासको केन्द्र बनेको हुन्छ र बन्नुपर्दछ ।

यसरी बिश्वासको केन्द्र बनी समाजमा सञ्चालीत सहकारी संस्थाहरुमा आवद्ध शेयर सदस्य अर्थात् मालिकहरुले आफ्नो समाजमा रहेको संस्था जहा आफु शेयर सदस्यको रुपमा आवद्ध हुनुभएको हुन्छ त्यस्तो संस्थामा नियमित रुपमा बचत गर्ने, ऋण लिने, बोल कबोल अनुसार ऋण तिर्ने अनिवार्य दायित्व आवद्ध मालिकहरुको हुनुपर्दछ । समाजमा रहेको सहकारी संस्थामा सोही समाजका आवद्ध शेयर सदस्यहरु मध्ये प्रजातान्त्रीक ढंगबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन भएको हुन्छन् । त्यसरी चयन भएको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले आफ्नो समाजको संस्थालाई नीति बिधि र प्रविधिमा सञ्चालन गर्न सक्नु पर्दछ र समाजमा बिश्वासको बातावरण सृजना गर्न सक्नु पर्दछ ।

सोही समाज बाट आवद्ध शेयर सदस्यहरु मध्ये बाट छनौट भएका लेखा सुपरिवेक्षण समितिले संस्थामा भएको आर्थिक कारोवारहरु नीति नियमअनुसार भएको छ वा छैन भनि निरिक्षण गरी सञ्चालक समिति लाई लिखित सुझाव दिनु पर्दछ भने बार्षिक साधारण सभामा लिखत प्रतिवेदन पेश गर्नु पर्दछ । सोही समाजको क्षेत्र अर्थात् संस्थाको कार्यक्षेत्रभित्र स्थायि वा अस्थायि बसोवास गर्ने ब्यक्तिहरुनै उक्त सहकारी संस्थाको शेयर सदस्य अर्थात् मालिक हुने हुनाले आफ्नो संस्था कसरी सञ्चालन भईरहेको छ निरिक्षण गरी एकीन हुने जिम्मेवारी सोही संस्थाको शेयर सदस्यहरुको हो ।

यसरी आफु आवद्ध सहकारी संस्थामा नियमित रुपका बुझि के कसरी सञ्चालन भईरहेको छ ? नीति नियम परिपालना गरेको छ वा छैन ? नियम बिपरित बितरणमुखि भई संस्थाको दिर्घकालिन अवस्था कमजोर बनाउने उद्देश्यले चलेको छ वा नियमानुसार चलेको छ ? संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु बिचमा नाता गोताका ब्यक्तिहरुक छन् वा छैनन् ? बिनियम र नीति बमोजिम समयमानै निर्णयहरु भई समयमानै कार्यान्वयन हुन्छ वा हुदैन ? सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको ब्यक्तिगत स्वार्थ प्रयोग भएको छ वा छैन ? प्रजातान्त्रीक पद्धति अवलम्बन गरेको छ वा छैन ? नियमित रुपमा लेखापरिक्षण गरी नियमानुसार साधारण सभा गरी सम्बन्धित निकायमा प्रतिवेदन बुझाएको छ वा छैन ? नियमनकारी निकाय बाट नियमानुसार नियमन भएको छ वा छैन ? नियमनकारी निकायद्धारा निर्देसीत कोपोमिक्स्, गोएएमएलमा आवद्ध भएको छ वा छैन ? आदी कुराहरु बुझि एकीन हुनुपर्ने जिम्मेवारी समाजमा सञ्चालीत संस्थामा आवद्ध शेयर सदस्यहरुको हुन्छ ।

यस्ता बिषयमा कुनै चासो नदेखाई बार्षिक साधारण सभामा उपस्थिति जनाएर हिडीहाल्ने बानी भएमा सुधार गर्नु पर्ने जिम्मेवारी सम्बन्धित शेयर सदस्यहरुको हुन्छ । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुले आफु आवद्ध सहकारी संस्थाको न्यूनतम त्रैमासिक रुपमा बित्तिय अवस्थाको बारेमा चासो राख्ने, बिश्लेषण गर्ने वा गर्न लगाउने कार्य गर्नुपर्दछ ।

समाज र समाजमा स्थापीत सहकारी बिच सहकार्यको बातावरण सृजना भएको हुनुपर्दछ । सहकारी संस्था कसरी चलीरहेको छ भनी निगरानी गर्नु समाजको दायित्व हो भने समाजलाई सहकारी संस्थाले के के योगदान गर्न सक्छ ? कतिको रोजगारी सृजना गर्न सक्छ ? ऋण लगानीको माध्याम बाट शेयर सदस्यहरुलाई कुन तहमा उद्यमी बनाउन सक्छ ? कसरी ऋणको सहि सदुपयोग गर्ने भनी सिकाउन सक्छ ? कसरी क्षमतामा आधारीत ऋण लिनुपर्दछ भन्ने कुरा बुझाउन सक्छ ? भनी सोच्नुपर्ने दायित्व सहकारी संस्थाको सञ्चालक समितिको हुन्छ । यसरी समाजमा स्थापना भई समाजमानै घुलमील भएको सहकारी संस्थाले सदस्यहरुको बचतको सुरक्षा राम्रो सँग गर्न सक्दछ ।

समाजमा स्थापीत सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र ब्यवस्थापन उपसमितिलाई समाजले नजिक बाट चिनेको हुन्छ र समाजबाट प्राप्त ऐन नियमानुसारको सकरात्मक निर्देशनलाई सहकारी संस्थाका सञ्चालक समितिले आधार मान्दै निर्णय गरी कार्यान्वयन गर्दै अगाडि बढेका हुन्छन् । समाजमा सञ्चालीत सहकारी संस्थाहरु पल्र्स मोनिटरिङ्ग प्रणाली लाई अवलम्बन गरी सञ्चालीत छन् वा छैनन् ? सहकारी संस्थालाई दिर्घकालिन रुपमा बलियो बनाउनको लागि सञ्चालक समिति लागि परेका छन् वा छैनन् भनि निगरानी गर्ने र सहि मार्गमा हिडाउने काम समाज र आवद्ध शेयर सदस्यको जिम्मेवारी हुन्छ ।

यसरी समाजमा स्थापना भई आवद्ध शेयर सदस्यहरुले प्रत्यक्ष निगरानी गरी सञ्चालीत सहकारी संस्थाहरुले नीति बिधि प्रविधि प्रयोग गरी आवद्ध संघ÷बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा आवद्ध भई उक्त कार्यक्रमका सुचकांकहरुलाई अनुसरण गर्दै आफ्ना शेयर सदस्यको बचतको सुरक्षा गर्ने, प्रभावकारी बित्तिय सेवा प्रदान गर्ने र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक पक्षमा परिवर्तन ल्याउने कुरामा हामी सबै ढुक्क हुदा हुन्छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०७:५८