प्रभु इन्स्योरेन्सको खुद नाफामा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु इन्स्योरेन्सको खुद नाफामा सामान्य बृद्धि



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ७६ लाख खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १.८८ प्रतिशतले मात्र बढी हो। कम्पनीले अघिल्लो आवको सोही अवधिमा २३ करोड ३२ लाख खुद नाफा आर्जन गरेको थियो।

इन्स्योरेन्सले गत आवमा खुद बीमा शुल्कबापत ५१ करोड ९३ लाख आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ६.६९ प्रतिशतले कमी हो। अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्स ५५ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले गत आवमा १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड छ ।

गत आवमा कम्पनीको जगेडा कोषमा २२ करोड ९३ लाख र बीमा कोषमा ९४ करोड ५१ लाख सञ्चित छ। समीक्षा अवधिभर कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ४१.६३ प्रतिशतले घटेको छ। प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १९८ रुपैयाँ छ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १४:०६