नेपाल स्याटेलाईट प्रालिद्धारा देशैभर मोबाइल सेवा सञ्चालनको अनुमति माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल स्याटेलाईट प्रालिद्धारा देशैभर मोबाइल सेवा सञ्चालनको अनुमति माग



काठमाडौ । अजय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाईट प्रालिले देशैभर मोबाइल सेवा सञ्चालनको अनुमति माग गरेको छ । हाल मध्यपश्चिम र सुदूरपश्चिममा हेल्लो ब्राण्डमा मोबाइल सेवा सञ्चालन गर्दै आएको नेपाल स्याटेलाईटले देशैभर जान प्राधिकरणसँग अनुमति मागेको जनाइएको छ ।
‘हेल्लोले हालै एक पत्र पठाएर पूर्वसर्तअनुसार अव देशैभर सेवा सञ्चालन गर्न पाउनुपर्ने भन्दै त्यसका लागि अनुमति मागेको छ’ दुरसञ्चार प्राधिकरणका एक कर्मचारीले भने, ‘अब प्राधिकरणले त्यसउपर अध्ययन गर्ने छ ।’ हेल्लोले देशैभर सेवा सञ्चालनको अनुमति मागेपछि प्राधिकरणले उसले सर्त पुरा गरेरनगरेको अनुगमन तथा निरिक्षण गर्ने भएको छ । यसका लागि प्राधिकरणले इच्छुक संस्थाबाट दरखास्त समेत आह्वान गरेको छ । प्राधिकरणका कर्मचारीको समेत सहभागीतामा कुनै संस्थाबाट हेल्लोको सेवा तथा नेटवर्कको निरिक्षण तथा अनुगमण गर्ने प्राधिकरणले जनाएको छ ।
माओवादी सरकारमा आएसँगै सञ्चारमन्त्री कृष्ण बहादुर महरा रहेको समयमा नेपाल स्याटेलाईटले २०६४ फागुन ४ गते आधारभुत टेलिफोन सेवा सञ्चालनका लागि अनुमति प्राप्त गरेको थियो ।

प्रकाशित : १ असार २०७२, मंगलवार १५:४३