भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र डिजेलको मूल्य घटेर नयाँ सूची आएकाे छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको हाे ।

यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । तर, नेपाल आयल निगमले सो समयमा भने मूल्य घटाएको थिएन ।

भारतबाट लगातार तेस्रोपटक मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन। हाल पेट्रोलमा निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहेको छ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १६:२८