यस्तो छ देशको वर्तमान आर्थिक अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । मंगलबार राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।

उक्त तथ्यांक अनुसार वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत रहेको देखिएको छ । यसका साथै यस अवधिमा आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको थियो ।

त्यस्तै, गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । त्यस्तै २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४६ खर्ब २१ अर्ब पुगेको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार ०७:५१