पीपीए तत्काल खोल्नु पर्छः इपान अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पीपीए तत्काल खोल्नु पर्छः इपान अध्यक्ष



काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालका अध्यक्ष कुष्ण प्रसाद आर्चायले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खोल्नु पर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित नेपाल विद्युत प्राधिकरणको बार्षिक उत्सब कार्यक्रमा बोल्दै आर्चायले पीपीए गरेपछि प्राधिकरण अझ धेरै माथि पुग्ने भन्दै छिटै पीपीए खोल्नुपर्ने बताएका हुन् ।

उनले भने, हामी निजि क्षेत्रका व्यक्तिहरु सरकारसंग २०७५ सालदेखि पीपीए गर्न भनेको हो, अझै धाईरहेका छौ । निजि क्षेत्रलाई जलविद्युत उत्पादन गर्न त्यति सजिलो छैन। हामी ७ वटा मन्त्रालय २०० वटा टेबलमा पुग्नुपर्छ हामी औपचारीक रुपमा नेपाल सरकारको निकायमा त्यो बाहेक कति हो कति छन् ‘ इन्डक्सन चुलो विस्तापित गर्र्नपर्छ भनेको ५ बर्ष बितिसक्यो कति इन्ड्रक्सन चुलो वितरण गर्न सफल भयौ ? पेट्रोलियम पर्दाथ विस्तापित गर्ने भनेर भन्न थालेको पनि धेरै बर्ष भईसक्यो जसले गर्दा व्यापार घाटा बढाएको भन्दै भाषण भन्दा पनि यसका लागि ठोस कार्यक्रम ल्याउन माग गरे ।

उनले विद्युत प्राधिकरणले जतिपनि विद्युतको व्यापार गरेको छ । त्यसमा झण्डै २ तिहाई स्वतन्त्र उर्जा उत्पादकहरुको उत्पादन रहेको जिकिर गरेका छन् । यो कुरा कतै उल्लेख गरिदिएको भए हुने तर उल्लेख नभएको भन्दै व्याङग्य समेत गरेका छन् । प्राधिकरणको आयोजनाहरु कम र निजि क्षेत्रको आयोजना धेरै रहेको भन्दै विद्युत उत्पादन गर्ने कुरामा निजि क्षेत्र कटिबद्ध भएर लागेको उल्लेख गरे । विद्युत खपत गर्ने कुरामा गम्भिर भएर लाग्नुपर्ने र विद्युत खपत गर्र्नपर्ने अभियानमा लागिपर्नु पर्ने उनको धारण थियो । जहिले १५ हजार मेगावाट बनाउने भनेर घोषणा गरियो तर त्यहि बेला १५ हजार मेगावाट कसरी खपत गर्ने भन्ने कार्यक्रम संगसंगै ल्याउनु पर्ने थियो भन्ने उनको धारणा थियो । यो कार्यक्रमा आएको भए आज पीपीए गर्न आनाकानी गरिरन पर्ने थिएन् उनले भने । विद्युत प्राधिकरणको सफलतामा हामी पनि सहभागी छौ भनेर गौरब गर्ने ठाउँ भएको भन्दै आर्चायले खुसी व्यक्त गरे । प्राधिकरणले अरु क्षेत्रमा जसरी निजी क्षेत्रलाई संम्लग्न गराएको छ । त्यसैगरी विद्युत व्यापारमा पनि निजि क्षेत्रलाई समावेश गराउन भन्दै आग्रह गरेका छन् ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार २२:०१