शेयर बजार दोहोरो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

शेयर बजार दोहोरो अंकले बढ्यो



काठमाडाैं । शेयर बजार बिहीबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज २७.५६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०६८.२६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४१ अंकले बढेर ४००.०८ को विन्दुमा पुगेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

आज विकास बैंक समूह सर्वाधिक ३.१७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.०१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५६ प्रतिशत, व्यापार समूहमा १.०४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२८ प्रतिशत, जलविद्युत समूहमा २.९८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०५ प्रतिशत, अन्य समूहमा २.२६ प्रतिशत, लघुवित्त समूहमा १.३२ प्रतिशत, जीवन बीमा समूहमा ०.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशत तथा लगानी समूहमा १.५ प्रतिशतको बढोत्तरी भएको छ।

प्रकाशित : २ भाद्र २०७९, बिहीबार १५:५०