सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोला ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९०० सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा ४०० सय रुपैयाँले घटेर ९५ हजार ५०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य ९५ हजार रुपैयाँ कायम भएको छ । यता शुक्रबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार ११:५६