मोबाइल शत प्रतिशत चार्ज गर्नुहुन्छ ? यस कारण छ खतरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोबाइल शत प्रतिशत चार्ज गर्नुहुन्छ ? यस कारण छ खतरा



स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्रिको चार्जिङ नै हो । कहिले काँही राम्रोभन्दा राम्रो फोन ब्याट्रिमा समस्या आएपछि त्यो प्रयोगहिन हुन्छन् । यस्तोमा तपाईंले स्मार्टफोन चार्ज गर्नुपर्ने सहि तरिकाबारे थाहा पाउन जरुरी छ ।

– ब्याट्रि शत प्रतिशत चार्ज भएपछि पनि तपाईं त्यसलाई प्लगबाट हटाउनुहुन्न मोबाइल ? यो गलत हो । यसै कारणले फोनको ब्याट्रि लगातार खराब हुने गर्दछ । फोनको ब्याट्रि चार्ज भएपछि पनि यदि तपाईं प्लगमा राखिरहनुहुन्छ भने यसले ब्याट्रिमा नकारात्मक असर पुर्याउँछ । फोन पूर्ण रुपमा चार्ज भएपछि यसलाई तुरुन्त हटाउनुहोस् । अझ शत प्रतिशत चार्ज हुनुभन्दा पहिले नै फोनलाई चार्ज हुनबाट रोक्नुहोस् ।

फोनलाई शत प्रतिशत चार्ज गर्नबाट बच्नुहोस्ः
हामीले फोनको ब्याट्रिलाई सुरक्षित राख्नुछ भने फोनको ब्याट्रिलाई शत प्रतिशत चार्ज हुनुभन्दा पहिले पावर प्लगबाट निकाल्नुहोस् । लिथियम आयन ब्याट्रिले पूर्ण रुपमा चार्ज हुनुभन्दा पहिले नै राम्रोसँग काम गर्दछ ।

आवश्यक भएपछि मात्र चार्ज गर्नुहोस् मोबाइलः
मोबाइलको ब्याट्रि जब १० प्रतिशतमा झर्छ तबमात्र चार्ज गर्नुहोस् । ब्याट्रि पूर्ण रुपमा खाली हुन नदिनुहोस् ।

जीपीएस आधारित एपलाई बन्द गर्नुहोस्ः
जब आवश्यक छ, त्यतिबेला मात्र यस्ता एपको प्रयोग गर्नुहोस् । यस्ता फिचर्सले निकै धेरै ब्याट्रिको प्रयोग गर्दछ ।

स्मार्टफोनलाई तातो ठाउँमा नराख्नुहोस्ः
तपाईंले याद राख्नुभएको होला कि चार्ज भएपछि तपाईंको ब्याट्रि तातो हुन्छ । यस्तो अवस्थामा फोनलाई तातो स्थानमा वा कुनै डिभाइसमाथि राखेर चार्ज गर्नबाट बच्नुहोस् । एजेन्सीबाट

प्रकाशित : ४ पुष २०७३, सोमबार १२:१४