विश्व बैंक भन्छ, नेपालमा ठूलो र दीर्घकालीन सहयोग आवश्यक छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विश्व बैंक भन्छ, नेपालमा ठूलो र दीर्घकालीन सहयोग आवश्यक छ



काठमाडौं। विश्व बैंकले नेपालको अर्थतन्त्रलाई भूकम्पअघिको स्थितिमा पुर्‍याउन ठूलो सहयोग आवश्यक रहेको जनाएको छ ।

विश्व बैंकको काठमाण्डौंस्थित कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको पुनरुत्थानका लागि नेपालको कुल अर्थतन्त्रकै एक तिहाइ बराबर सहयोग आवश्यक रहेको जनाएको हो ।

नेपाल सरकारले तयार पार्दै गरेको पोस्ट डिजास्टर निड एसेसमेन्ट (पीडीएनए)को मुख्य नतिजाहरुको अध्ययनपछि विश्व बैंकले प्रतिक्रिया जनाएको हो ।

बैंकले नेपाली अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा ल्याउन र अरु नेपालीलाई गरिबीको रेखामुनि जानबाट रोक्न ठूलो सहयोग जरुरी रहेको जनाएको हो । यसका लागि नेपालले पनि पुनःनिर्माणसम्बन्धी प्रस्ट योजना बनाउनुपर्नेमा बैंकले जोड दिएको छ ।

पीडीएनएमा नेपालको पुनःनिर्माण र अर्थतन्त्रको पुनरउत्थानका लागि साढें ६ खर्ब रुपैयाँ बराबर सहयोग आवश्यक रहेको जनाइएको छ । भूकम्पले अतिरिक्त ३ प्रतिशत बराबर नेपालीलाई गरिबीको रेखामुनि पुर्‍याएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार १६:०६