राजदुत यन लक्सले भने- नेपालमा लगानीको वतावरण बन्दै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजदुत यन लक्सले भने- नेपालमा लगानीको वतावरण बन्दै छ



काठमाडाै ५ पुस । नेपालका लागि बेल्जीयमका राजदुत यन लक्सले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार भएको बताएका छन् । सोमवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा राजदुत लक्सले यस्तो धारणा राखेका हुन् ।‘राजनीतिक वातावरणमा भएको सुधार र नेतृत्वमा देखिएको आर्थिक समृद्धिको अभिलाषाले नेपालमा लगानीको वातावरण थप सुनिश्चित बन्दै गएको छ,’ लक्सले भने ।

त्यस्तै सकारात्मक बन्दै गएको वातावरणबाट लाभ लिन र उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सल्लाह दिए ।

नेपाल समेत हेर्ने जिम्मेवारी पाएको भारतको नयाँ दिल्लीस्थित राजदुतावासबाट लक्सको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले परिसंघका पदाधिकारीहरु सँग परिसंघ सचिवालयमा भेटवार्ता गरेको हो । नेपालका लागि बेल्जीयमका अबैतनिक महावाणिज्य दुत आङ छिरिङ शेर्पा समेत सहभागी सो वार्ता दुई देश बीचको आर्थिक संवन्ध विकास र विस्तारमा केन्द्रित थियो ।

भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले हालसम्म नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका सबै विदेशी कम्पनीहरुले उच्च दरमा लगानीको प्रतिफल प्राप्त गरिरहेको जानकारी दिए । साथै बेल्जीयमका लगानीकर्तालाई त्यसका लागि आह्वान गरे ।

नेपालमा विदेशी कम्पनीले हाँसिल गरेको प्रगती प्रतिफलका हिसावले उदाहरणीय भएको उनले बताए ।‘न्यून प्राविधिक र पूर्वाधार विकासको अवस्थामा रहेको नेपालबाट यस्तो प्रतिफल सम्भव छ भनेर सबैले जानकारी पाउन जरुरी छ’ उनले भने । परिसंघले देशको आर्थिक उन्नतीको लागि सरकारसँग मिलेर विदेशी लगानी र प्रविधि भित्राउन जोड दिइरहेको शर्माको भनाई थियो ।

परिसंघले सरकारसँगको सहकार्यमा औद्योगिक व्यवसाय ऐन र बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा सुधारका लागि काम गरेको परिसंघका गभर्निङ काउन्सिल सदस्य योगेश्वर लाल श्रेष्ठको भनाई थियो । उनले कुनै बेला नेपाली गलैचाको प्रमुख खरिदकर्ता बजार रहेको बेल्जीयम अहिले नेपालमा वस्तु आपूर्ति गर्ने बजारमा परिणत भएको बताए ।

बेल्जीयमका निजी क्षेत्रका व्यवसायिक संस्थाहरुसँग आपसि सहमती गरेरअगाडी बढ्दा बेल्जीयम र नेपालको व्यावसायिक हितलाई मद्दत पुग्ने अध्यक्ष शर्माको भनाई थियो । सो अवसरमा परिसंघ पदाधिकारीहरुको साथै गभर्निङ काउन्सिल र राष्ट्रिय काउन्सिलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार ०७:२४